Logo

कर्पोरेट-बजार

३ लाख ३५ हजारमा पल्सरको एनएस २०० अब एबीएसमा


GDP Nepal
   ३ कार्तिक २०७६, आइतबार


काठमाडौं । नेपाली बजारमा लोकप्रिय मोटरसाइकल ब्राण्ड पल्सर सिरिजमा नयाँ आयाम थपिएको छ । नयाँ पल्सर एनएस २०० अब एन्टी–लकिङ ब्रेकिङ सिस्टम (एबीएस)सहित आएको छ ।

नेपालका लागि बजाज मोटरसाइकलहरुको एकमात्र अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यो मोटरसाइलक ल्याएको हो । कम्पनीका अनुसार एन्टी–लकिङ ब्रेकिङ सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको छ ।

एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्दछ । एबीएस भएको सवारी साधन सधैं सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि एकदमै मद्दत गर्दछ ।

कम्पनीका अनुसार यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाउछ । र, यसले दुर्घटना हुने जोखिम पनि कम गर्दछ ।

एबीएस भएको पल्सर एनएस २०० को सुरुवाती मूल्य तीन लाख ३४ हजार ९ सय रुपैयाँमात्र रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध छ ।
बजाजले सदैव नविनतम अफरहरु ल्याउदै ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित : ३ कार्तिक २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह