काठमाडौ । नेपाली अर्गानिक उत्पादनहरुलाई छिमेकी मुलुक चिनको विशेष प्रशासनिक क्षेत्रहरुमा चिनाउने र त्यसको उपभोगलाई आम ग्राहक सामू लैजाने उदेश्यले विगत १६ वर्ष देखि होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दे आएका युवा व्यवसायी रुस्तम श्रेष्ठले रात्रीकालीन व्यवसाय रेड हाउस क्लब संचालनमा ल्याएका छन् ।
गैर आवासिय नेपाली संघ मकाउका अध्यक्ष समेत रहेका श्रेष्ठ विगत १६ वर्ष देखि मकाउमा ग्रोसरि, रेष्टुरेन्ट र कार्गो व्यवसायमा आबद्ध छन् । यस्तै, सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय श्रेष्ठ आप्रवासि नेपाली कामदारका प्रिय अविभावकका रुपमा समेत चिनिन्छन् ।
श्रेष्ठले केहि दिन अघि मात्र मकाउमा आफ्नो रात्रीकालीन व्यवसाय रेड हाउस क्लब संचालनमा ल्याएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र केन्द्रिय सदस्य एवं महासंघद्धारा गठित निर्यात समितिका सभापति नरेशलाल श्रेष्ठले रिवन काटी सो कलबको उद्घाटन गरेका हुन् ।
महासंघका उच्च प्रतिनिधि मण्डलको हातबाट क्लबको उद्घाटन गर्न पाउनु आफ्नो लागि गौरवको विषय रहेको संचालक श्रेष्ठले बताए । उनका अनुसार हाल आफूले संचालन गरेको व्यवसायबाट ६० जना भन्दा बढीले रोजगारीको अवसर प्राप्त गरेका छन् ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कमला श्रेष्ठ, किशोर आचार्य, नरेन्द्र कुमार खड्का र TEPC का संचालक समिति सदस्य निराजन चलाउने, गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषद (ICC) का सदस्य एवं पूर्व डीआरसी एसिया प्यासिफिक यूवराज न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया