काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया