काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६०० सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ६६ हजार ९०० मा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९७५ मा कारोबार भएको थियो ।









प्रतिक्रिया