Logo

Banner-news

इन्डिगोले ३०० विमान अर्डर गर्दैः लागत ३३ अर्ब डलर, मोडल ए–३२० नियो !


GDP Nepal
   १४ कार्तिक २०७६, बिहिबार


नयाँदिल्ली (एजेन्सी): छिमेकी भारतको बजेट एयरलाइन्स इन्डिगोले चामत्कारिक ढंगले बजार विस्तार गरेको छ । भारतीय समाचार एजेन्सीहरुले जनाएअनुसार इन्डिगोले ३ सय विमान अर्डर गर्ने तयारी गरिरहेको छ ।

तीन सय विमान एयरबस कम्पनीको ए–३२० नियो मोडलका हुनेछन् भने यसको लागत ३३ अर्ब डलर रहने अनुमान गरिएको छ ।

इन्डिगो एयर भारतको सबैभन्दा ठूलो बजारहिस्सा भएको कम्पनीसमेत हो । यद्यपि, नयाँ जहाज खरिदका विषयमा इन्डिगोले कुनै प्रतिक्रिया दिएको छैन भने एयरबसले पनि टिप्पणी गरेको छैन ।

जानकारहरुका अनुसार यीनको मूल्य ३३ अर्ब डलर पर्ने भए पनि एकमुष्ट अर्डरका कारण हुने भारी छुटपछि यी विमानको मूल्य आधाभन्दा कम पर्न जान्छ ।

इन्डिगो २०११ को सुरुमा री–इन्जन्ड ए–३२० निओ किन्ने सुरुवाती विमान कम्पनीका रुपमा समेत समावेश छ ।

प्रकाशित : १४ कार्तिक २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह