Logo

कर्पोरेट-बजार

सुनको मूल्य घट्यो, तोलाको कति ?


GDP नेपाल
   २५ माघ २०८१, शुक्रबार


काठमाडौं । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार विहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा एक हजार ९८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २५ माघ २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह