Logo

कर्पोरेट-बजार

साल्ट ट्रेडिङकी सिईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित


GDP नेपाल
   २७ माघ २०८१, आइतबार


काठमाडौँ । साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छन् ।

नेपाल व्यवस्थापन संघको ४४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उत्कृष्ट व्यवस्थापकहरुबाट उनलाई सम्मान गरिएको हो ।
संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘म्यानेजर अफ द इयर’ उर्मिला श्रेष्ठलाई प्रदान गरेको छ । श्रेष्ठले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरेको र सन् २००७ यता प्रमुख कार्यकारी अधिकृत (सीईओ_ रहेर कार्य गरिरहेकी छिन् ।


साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकाले श्रेष्ठलाई छनोट समितिले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको हो ।

प्रकाशित : २७ माघ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह