Logo

कर्पोरेट-बजार

व्यवसायीसूचक संस्थाहरुको लागि जारी निर्देशन सरलीकरण गर्न महासंघको माग


GDP नेपाल
   २८ माघ २०८१, सोमबार


काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक राम प्रसाद आचार्यसँग भेटवार्ता गरेको छ ।

महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले “बहुमुल्य धातु वा वस्तुको कारोवार गर्ने व्यवसायीसूचक संस्थाहरुको लागि जारी निर्देशन”का विभिन्न प्रावधानहरुमा सरलीकरण गर्न र जानकारीमूलक एवं भौतिक रुपमा पूरा गर्नुपर्ने संपूर्ण तयारीहरु पूरा गरी मात्रै कार्यान्वयनमा ल्याउन महानिर्देशक आचार्य समक्ष सुझाव प्रस्तुत गरेको हो ।

पहिलो पटक २०७७ सालमा निर्देशन जारी हुँदा थोक कारोबारको मात्र प्रतिवेदन दिनुपर्ने प्रावधान राखिएको तर हालै त्यसमा संशोधन गरी खुद्रा तहले पनि प्रतिवेदन दिनुपर्ने प्रावधान राखिएकोले पूर्व तयारी र गृहकार्यका लागि पर्याप्त हुने गरी थप समय आवश्यक परेको महासंघले स्पष्ट पारेको छ ।

भेटमा महासंघले नियामक निकायले मात्रै गर्न मिल्ने कतिपय कार्यहरु पनि व्यवसायीलाई जिम्मा दिइएकोले त्यस्ता कार्यहरु नियामक निकायबाट नै गरिनु पर्नेमा जोड दिएको छ ।

प्रतिवेदन प्रस्तुत गर्नु पर्ने कारोबारको सीमालाई रु.१० लाखबाट बढाएर कम्तिमा ५० लाख पु¥याउन र एउटै वस्तुको पुनः खरीद, फिर्ता, साटफेर आदि हुने भएकोले विलासिता शुल्कले उपभोक्तामा अनुचित आर्थिक भार पर्न जाने हुँदा उक्त शुल्क हटाउन पनि महासंघले माग गरेको छ ।

प्रतिनिधिमण्डलमा महासंघको संघीय कार्यसमितिका पदाधिकारीहरु क्रमंश द्वितिय उपाध्यक्ष सुधिर अग्रवाल, तृतीय उपाध्यक्ष प्रेम बहादुर विश्वकर्मा, महासचिव निर बहादुर विश्वकर्मा, सचिव पृथ्वी विश्वकर्मा लगायत अन्य व्यवसायीहरुको उपस्थिति रहेको थियो

प्रकाशित : २८ माघ २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह