Logo

कर्पोरेट-बजार

सर्वोत्तम सिमेन्टको नाफ २४ करोड १४ लाख


GDP नेपाल
   २९ माघ २०८१, मंगलबार


काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ६८९.२४ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ३ करोड ५ लाख नाफा कमाएको थियो ।


त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च घटेर १५ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा नाफा बढेको हो ।

४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अदर इक्विटीमा ३ अर्ब ९७ करोड जम्मा छ । इपीएस ९.७ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ छ ।

प्रकाशित : २९ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह