Logo

कर्पोरेट-बजार

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित


GDP नेपाल
   ३० माघ २०८१, बुधबार


काठमाडौँ । नेपाल एलपि ग्यास उद्योग संघले १५ दिनका लागि आन्दोलन स्थगित गरेको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा सरकार आफना मागहरुप्रति सकारात्मक भएको जनाउँदै संघले १५ दिनका लागि आन्दोलन स्थगित गरेको हो ।


“उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका मन्त्री दामोदर भण्डारीको समुपस्थितिमा नेपाल आयल निगमका संचालक समिति पदाधिकारीहरु, निगमका पदाधिकारीहरु र नेपाल एल.पि. ग्यास उद्योग संघका पदाधिकारीहरु विच उपरोक्त मागहरु संबोधन संबन्धमा सकारात्मक छलफल भै माग संवोधन संवन्धमा मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग भएकोले यस संघवाट मिति २०८१/१०/३० गते देखि लागू हुने गरी घोषणा गरिएका आन्दोलनका सम्पूर्ण निर्धारित कार्यक्रमहरू आगामि १५ दिन सम्मको लागि स्थगीत गरिएको व्यहोरा संपूर्ण सरोकारवाला उद्योगहरु, विक्रेताहरु र ढुवानि कर्ताहरु साथै सम्पूर्ण उपभोक्ता महानुभावहरुमा यसै सुचना मार्फत जानकारी गराईन्छ,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ३० माघ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह