Logo

कर्पोरेट-बजार

महासंघको निमित्त महानिर्देशकमा तिवारी


appharu
   १४ जेष्ठ २०७५, सोमबार


काठमाडाै ।  नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । महासंघले उनलाई यही जेठ ९ गते निमित्त महानिर्देशकमा नियुक्त गरेको हो ।

सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो समय आवद्ध रहेका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रूपमा रहेको नेपाल व्यवसाय मंचमा सल्लाहकारको रूपमा कार्यरत थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका तिवारी नेपालमा लगानीको वातावरण सुधार सम्बन्धी विषयमा विद्याबारिधी गर्दै छन् । उनले सन् २०१६ मा नर्वेबाट सोसिएल इन्टरप्रेनियूरशीप एण्ड इनोभेसन म्यानेजमेन्टमा ग्रयाजुएट र सन् २०१४ देखि बीजनेश स्कूल अफ नेदरल्याण्डसमा व्यवस्थापनमा स्कलर छन् ।

निमित्त महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संस्थामार्फत आर्थिक विषयमा अनुसन्धान समेत गरेका छन् । उनको विभिन्न अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमुलक लेखहरू समेत प्रकाशित भएका छन् ।

प्रकाशित : १४ जेष्ठ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह