Logo

Banner-news

सुजुकीको मिनी एसयूभी एस–प्रेसो २३ लाखमै पाइने !


GDP Nepal
   १ मंसिर २०७६, आइतबार


काठमाडौं । नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा मिनी एसयुभी ‘एस–प्रेसो’ सार्वजनिक गरेको छ ।

एसयूभी सेग्मेन्टको इन्ट्री लेभल कार मानिएको एस–प्रेसोको प्रारम्भिक मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको नारायणी अटोमोबाइल्सका सञ्चालक अनुप बरालले जानकारी दिए । बरालका अनुसार ‘माई फर्स्ट एसयुभी’ ट्यागलाइन हरेको ‘योङ एसयुभी’ एस(प्रेसो ‘बोल्ड अनि पावरफुल एसयुभी लुक्स’ले गर्दा अरुभन्दा भिन्न देखिन्छ ।

‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ ।

१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस(प्रेसो’ अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत् बिक्री हुने कम्पनीले जनाएको छ । सुजुकीले ‘एस(प्रेसो’मा ‘वेस्ट–इन–क्लास’ फिचरहरु समेत लोड गरेको दाबी गरेको छ ।

एस(प्रेसो लन्च गर्दै सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले कम्पनी ‘ग्राहक नै पहिलो प्राथमिकता’ भन्ने आदर्शलाई सदा अनुशरण गर्दै आएका बताए । उनले भने, “ग्राहकको दैनिकीलाई सहज बनाउन समयसापेक्ष उत्पादन उपलब्ध गराउन हामी प्रयत्नरत रहेको छौं ।

‘एसप्रेसो’को लन्च हामी हाम्रा ग्राहकका लागि ‘बेस्ट भ्यालु प्राइस’मा ‘बेस्ट इन डिजाइन, टेक्नोलोजी र सेफ्टी’ उपलब्ध गराउन प्रतिवद्ध छौं भन्ने तथ्यलाई प्रमाणित गरेको छ ।”

‘एस–प्रेसो’ बीएस ६ मापदण्डमा आधारित छ जुन वातावरण संरक्षणप्रति प्रतिवद्ध मापदण्ड हो ।

प्रकाशित : १ मंसिर २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह