Logo

Banner-news

त्रिवेणी ग्रुपको सगरमाथा सिमेन्टले गर्यो चमत्कार, भ्याट संकलनमा फेरि देशकै सर्वोत्कृष्ट !


GDP Nepal
   ३ मंसिर २०७६, मंगलबार


काठमाडौं । सांघाई समूहद्वारा प्रवद्र्धित त्रिवेणी ग्रुप अन्तर्गत रहेको घोराही सिमेन्टले नयाँ इतिहास रचेको छ । कम्पनीले नेपालभर रहेका विभिन्न उद्योगमध्ये सवैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाए बापत कर दिवसमा सम्मान पाएको हो ।

दाङमा रहेको घोराही सिमेन्ट उद्योग लगातार दोश्रो पल्ट सम्मानित भएको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा अर्थमन्त्रीले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा उद्योगलाई सम्मान गरे ।

सरकारले आठ वर्ष अघि देखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । सोहीक्रममा अघिल्लो आर्थिक बर्ष २०७४÷०७५ मा देश भरका उद्योगी करदातामध्य घोराही सिमेन्ट उद्योग समयमै र सबैभन्दा धेरै मूल्य अभिवृिद्धकर तिर्ने उद्योगका रुपमा सम्मानित भएको थियो ।

आन्तरिक राजस्व विभाग ैले आठौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराहीसिमेन्ट उद्योग प्रा.लिलाई सम्मान गरेको हो ।

स्थापनाकाल देखीहालसम्म समयमै मूल्यअभिबृद्धि कर विवरण र कर बुझाएका करदातामध्ये बितेको आर्थिक बर्ष २०७४÷२०७५ मा सबै भन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गरेको भन्दै विभागले सम्मान गरेको हो ।

दाङ जिल्लामा रहेको उद्योगले देशभरका उद्योगमध्य सवैभन्दा धेरै मूल्यअभिवृद्धि कर तिरेकोमा दाङबासीले खुशीव्यक्त गरेका छन् । उद्योगले सामाजिक क्षेत्रमा पनि विभिन्न काम गर्दै आइरहेको छ । वडा नं. ४ र साविकको लक्ष्मीपुर गाविसलगायत बंगलाचुली गाउँपालिकालगायत अन्यत्र पनि सामाजिक विकासका काममा सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित : ३ मंसिर २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह