Logo

Banner-news

दुई टेलिकम कम्पनीले बुझाए ५१ अर्ब राजस्व, टेलिकम–२५.१७ अर्ब, एनसेल २५.८७ अर्ब


GDP Nepal
   ५ मंसिर २०७६, बिहिबार


काठमाडौं । मुलुकका दुई ठूला टेलिकम कम्पनीले गत आर्थिक वर्षमा आधा खर्बभन्दा बढी कर बुझाएका छन् । गत वर्ष देशको कुल राजस्व ८ खर्ब ५९ अर्ब संकलन भएकोमा सरकारकी स्वामित्वको नेपाल टेलिकम र बहुराष्ट्रिय कम्पनी एनसेलले मात्र ६ प्रतिशतभन्दा बढी राजस्वमा योगदान गरेका छन् ।

राजस्वमा यी दुई कमपनीको ठूलो योगदान रहे पनि पछिल्लो दुई वर्षमा भने सरकारले घोषणा गर्ने १५ उत्कृष्ट करदातामध्ये कुनै पनि शीर्षकमा यी कम्पनी अटाउन सकेका छैनन् । ठूला करदाता कार्यालयको कार्यक्षेत्रभित्र भने टेलिकमले सबैभन्दा बढी आयकर बुझाएर सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को कारोबारमा सेवा क्षेत्रका यी दुई कम्पनीलाई पछाडि पार्दै उत्पादनमूलक क्षेत्र अगाडि आएका छन् ।
टेलिकमले आर्थिक वर्ष २०७५/७६ मा सरकारको ट्रेजरीमा ३२ अर्ब योगदान गरे पनि यसमध्ये ७ अर्ब लाभांसमा गएको छ । बाँकी २५ अर्ब रुपैयाँ भने विभिन्न शीर्षकमा कर तिरेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
टेलिकम कम्पनीहरुले भ्याट संकलनदेखि टेलिकम सेवा शुल्क (टीएससी), कस्टम ड्युटी, रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोष, फ्रिक्वेन्सी शुल्क, सम्पत्ति कर, लाइसेन्स शुल्क र अग्रिम कर शीर्षकमा राजस्व तिर्दै आएका छन् ।

२०६९÷७० र ०७०÷७१ मा उत्कृष्ट करदाता सम्मान एनसेलले पाएको थियो । एनसेलको माउ कम्पनी आजियटाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१८ मा २२७ मिलियन डलर अर्थात करिब २५ अर्ब रुपैयाँभन्दा बढी रकम कर तिरेको छ । एनसेलले नेपालको कुल कर राजस्वको ४.२ प्रतिशत आफूले योगदान गरेको दावीसमेत गरेको छ ।

प्रकाशित : ५ मंसिर २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह