Logo

Banner-news

भैरहवामा भाटभटेनी खुल्दा भारतीय बजार सुनसान, पहिलो दिनै २० हजारद्वारा किनमेल


GDP Nepal
   २७ मंसिर २०७६, शुक्रबार


रुपन्देही । भाटभटेनी सुपरस्टोरले भैरहवामा शाखा विस्तार गरेको पहिलो दिन नै बिहीबार २० हजारभन्दा बढीले किनमेल गरेका छन् । किनमेलका लागि सधैँजसो भारतको सुनौली पुग्ने उपभोक्ता बिहीबार भने भैरहवामै रोकिए ।

भाटभटेनी सुुपर स्टोर खुलेको पहिलो दिननै थामिनसक्नु उपभोक्ता पुगेका थिए । बेलुका ६ बजेसम्म २० हजारभन्दा बढी उपभोक्ता आएको भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले जानकारी दिए । बिहान ९ बजे स्टोरको उदघाटन भएदेखि नै उपभोक्ताको घुइँचो बेलुका थियो ।

सबै प्रकृतिका सामान एकै छानामुनी पाइने, रोज्ने पर्याप्त अवसर, फिक्स्ड प्राइस र सबै सामानमा १० प्रतिशत छुटसमेत रहेकाले उपभोक्ताको भीड लागेको हो । भाटभटेनीको यो १७ औं शाखा पनि हो ।

भैरहवा नयाँसडकमा १ लाख १५ हजार वर्गफिट क्षेत्रफलमा भाटभटेनीले आफ्नै भवन बनाएको छ जसमा ६ तला छन् । भैरहवा भाटभटेनीको माथिल्लो तलामा पेपे पिज्जा पनि सञ्चालनमा छ । केही दिनमै केएफसीसहित सिनेमा हल र फुडकोर्ट समेत सञ्चालनमा आउनेछ । कुल ४० करोड लगानीमा सुपरस्टोर खुलेको गुरुङले बताए ।

यता, भाटभटेनी स्टोर खुलेपछि सीमावर्ती बजार जानेमा कमी आएको छ । बरु सुनौली, नौतनवालगायतका भारतीय उपभोक्तासमेत भाटभटेनी आएका थिए ।

बेलहियाका स्थानीय एवं नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष डा. शान्त कुमार शर्माले सुनौली बजारमा नेपाली उपभोक्ताको कमि देखिएको स्वीकारे । भन्दै नेपाल र भारतमा पाईने सामानको मुल्य तुलना गरी नेपालमै सस्तो र गुणस्तरीय सामान पाईने उपभोक्ताले बुझन सके भने नेपाली बजार गुलजार हुने र भारत संगको ब्यापार घाटा समेत कम हुने बताए ।

प्रकाशित : २७ मंसिर २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह