Logo

Banner-news

नेपाल-फ्रान्स चेम्बर अध्यक्ष श्रेष्ठलाई फ्रेन्च सरकारको विभूषण, नेपाल सरकारले दियो स्वीकृति !


GDP Nepal
   ५ पुस २०७६, शनिबार


काठमाडौं । नेपाल फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्ष श्याममोहन श्रेष्ठले फ्रान्सेली सरकारले विभूषण प्रदान गर्ने भएको छ । श्रेष्ठलाई फ्रेन्च राष्ट्रपतिको तर्फबाट फ्रेन्च सरकारले फ्रान्सको सर्वोच्च विभूषणमध्ये एक ‘लि सिभालियर डे ला लिजन दि अनर’ प्रदान गर्न लागेको हो । श्रेष्ठलाई उक्त अवार्ड लिन नेपाल सरकारको मन्त्रिपरिषद्ले मंसिर २० गते निर्णय गरी स्वीकृति पनि दिएको छ ।

अध्यक्ष श्रेष्ठ झन्डै ५० वर्षदेखि फ्रान्स र नेपालबीच आर्थिक, व्यावसायिक तथा सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेका छन् । दुई मुलुकबीचको सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पु¥याएको भन्दै फ्रेञ्च सरकारले यस्तो निर्णय गरेकोे हो ।

को हुन् श्रेष्ठ, कसरी पाए यत्रो पुरस्कार ?

श्रेष्ठले सन् १९७० मा २३ वर्ष नहुँदै युवा अवस्थामा भारत, पाकिस्तान, अफगानिस्थान, इरान, टर्की, बुल्गेरिया, रोमानिया र इटाली हुँदै बस, रेल, पानीजहाज, रिक्सा आदि इत्यादिबाट स्थल मार्गद्वारा एक महिनाभन्दा बढी समय लगाएर फ्रान्स भ्रमण गरेका थिए । फ्रेन्चहरूसँग चिनारी गर्ने पहिलो पुस्ताका रूपमा उनलाई लिइन्छ । त्यहाँ उनले फ्रेञ्च भाषा तथा संस्कारहरूको ज्ञान लिएर फेरि स्थलमार्ग हुँदै विभिन्न देश भई ८ महिना घुमी नेपाल फर्केका थिए ।

नेपाल फर्किएर सन् १९७२ को मे महिनामा श्रेष्ठले एयर फ्रान्समा काम गरेका थिए । त्यतिबेला सबै नेपालीहरू पश्चिमा मुलुकमा जान दिल्लीको बाटो हुँदै जानुपथ्र्यो । एयर फ्रान्स, ब्रिटिस एयरवेज, लुफ्थान्सामार्फत नेपालीहरू युरोप जाने बेलामा उनले एयर फ्रान्समार्फत नेपालीहरूलाई सहज पहुँच स्थापित गरेका थिए ।

श्रेष्ठ पनि उक्त कम्पनीको म्यानेजरसम्म भए । उनले एयर फ्रान्समा झन्डै ३५ वर्ष विभिन्न विभिन्न पदमा काम गरे । सन् १९९६ मै उनले फ्रेञ्च एम्बेसीसँगको सहयोगमा नेपाल फ्रान्स चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना गरेका हुन् । जसको उद्देश्य फ्रान्स र नेपालबीचको व्यापार उद्योग तथा पर्यटन क्षेत्रलाई बढीभन्दा बढी विकास गर्ने नै थियो । सोही समयदेखि उनी संघको संस्थापक अध्यक्ष भई हालसम्म क्रियाशील छन् ।

श्रेष्ठले सन् १९९८ मा काभ्रेको धुलिखेलमा आफ्नै डिजाइनमा मिराबेल रिसोर्ट होटल निर्माण गरी सञ्चालनमा ल्याएका थिए । जसको उद्घाटन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा उद्घाटन भएको थियो । दुई देशीय व्यापार, उद्योग र पर्यटन प्रवद्र्धनमा श्रेष्ठ क्रियाशील छन् ।

प्रकाशित : ५ पुस २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह