Logo

Banner-news

सलमान खानको बिइङ ह्युमन पोखरामा: ९ करोड लगानी, ४० शाखाको लक्ष्य !


GDP Nepal
   २१ पुस २०७६, सोमबार


पोखरा । भारतीय अभिनेता सलमान खान संरक्षक रहेको बिइङ ह्युमन काठमाडौंमा बन्द भए पनि पोखरामा भने फेरि सञ्चालनमा आएको छ । पोखरामा नयाँ व्यवस्थापनका साथ बिइङ ह्युमनको शोरुम पुनः सञ्चालनमा आएको छ ।

आन्तरिक कारणले गर्दा केही समय बन्द रहेको उक्त शोरुम काठमाडौं र पोखरामा पुनः सञ्चालनमा आएको वस्त्र इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीपचन्द्र बख्रेलले बताए ।
केही समयअघि पर्याप्त सामानहरू नहुँदा अबरुद्ध भएको उक्त शोरुम हाल नयाँ व्यवस्थापनका साथ बिहीबारदेखि पोखरा ट्रेड मलमा पुनः सञ्चालनमा आएको उनले बताए । काठमाडौंमा करिब ४ महिनाजसो उक्त शोरुम आन्तरिक कारणले गर्दा बन्द हुन पुग्दा धेरै सलमान खानका फ्यानहरू पोखरामा सामान खरिद गर्न आए पनि सामानहरू नभएकाले उनीहरू रिक्तो हात समेत फर्किनु परेको उनले जनाए ।

उनले भने, “हामीले आफ्नो देशमा केही गरौं भनेर विश्व प्रख्यात ब्रान्डहरू हामीले भित्र्याउने लक्ष्यमा साथ पहिला हामीले विइङ हुमनबाटै सुरु गर्छौं, हामीले दुई महिनामा चितवन र हेटौंडामा यसको शाखा विस्तार गछौंं ।” आगामी दुई वर्षभित्र भाटभटेनी सहितका ठाउँमा गरी ४० वटासम्म शाखा विस्तार गर्ने महत्वकांक्षी योजना रहेको प्रमुख कार्यकारी अधिकृत बख्रेलले जनाए । पोखराको शोरुममा हाल ७ सय ९९ देखि १५ हजार ९ सय ९९ रुपैयाँ मूल्यका मोजादेखि ज्याकेटहरू उपलब्ध छन् ।

बिइङ ह्युमनले करिब ५ सय विभिन्न सामान बजारमा ल्याए पनि पोखरामा भने आफूहरूले हाल ७० प्रकारका सामान उपलब्ध गराएको बख्रेलले बताए । उनका अनुसार आफ्नो ४ सदस्य एक समूहले काठमाडांैंसहित पोखराको शोरुम सञ्चालन गर्न करिब ९ करोड लगानी गरेको छ । गत वर्ष उक्त कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्र्ने शतप्रतिशत कर करिब ४० लाख कर तिरेको उनले जनाए ।

शारीरिक अपाङ्गता भएका मध्यहरूबाट एक जनालाई रोजगार दिने आफूहरूको योजना भएको अधिकृृत बख्रेलले जनाए । अन्य ब्रान्डलाई पनि अब आफूहरूले समेट्ने योजनामा रहेको उनले जनाए । गत वर्ष करिब ५ करोड मूल्यबराबरको उक्त ब्रान्डका सामानहरूको नेपालमा कारोवार भएको उनले जनाए । राजु थापासहितको टोलीमा सन्तोषचन्द्र बख्रेल, सुरज केसीसमेत आफ्नो टिममा रहेको प्रमुख कार्यकारी अधिकृत बख्रेलले बताए ।

बलिउडका सुपरस्टार सलमान खान संंरक्षक रहेको बिईगं ह्युमन फाउण्डेनसद्वारा सञ्चालित बिइङ ह्युमन क्लोथिङको नेपाल स्थित एकमात्र आधिकारीक विक्रेता वस्त्र इन्क प्रालि रहेको उनले दाबी गरे ।

प्रकाशित : २१ पुस २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह