Logo

Banner-news

कनेक्ट आईपीएस मोबाइल एप्सबाट मासिक २ लाखसम्म कारोबार गर्न पाइने !


GDP Nepal
   २५ पुस २०७६, शुक्रबार


काठमाडौं । नेपाल क्लियरिङ हाउसद्वारा सन्चालन गरिदै आएको कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीको मोबाइल एप्लिकेसनमार्फत अब प्रतिमहिना २ लाखसम्म कारोबार गर्न पाइने भएको छ ।

नेपाल क्लियरिङ हाउसका अनुसार कारोबारको अधिकतम सीमालाई विद्यमान कारोबार सीमा १ लाखबाट वृद्घि गरी पुस २१ ६बाट लागू हुने गरी २ लाख कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन‐२०७६ बमोजिम मासिक कारोवार सीमा थप गरिएको हो । यद्यपि, प्रतिकारोबर सीमा भने ५० हजार नै कायम रहेको छ ।

कनेक्ट आईपीएसको वेबसाइट (www.connectips.com) बाट गरिने कारोबरको सीमा प्रतिकारोबर १० लाख र प्रति बैंक मासिक ५० लाख यथावत नै रहेको विज्ञप्तिमा जनाइएको छ ।
थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको छ ।

के हो कनेक्ट आईपीएस ?
कनेक्ट आईपीएस ई–पेमेन्टप्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो । जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् । उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित : २५ पुस २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह