Logo

Banner-news

नेपालमा अब बसभित्रै पार्टी गर्न पाइने: डिजे, बारसहितको सुविधा तर चलाउने कहाँ ?


GDP Nepal
   २९ पुस २०७६, मंगलबार


काठमाडौं । नेपालमा यात्रासँगै पार्टी गर्न मिल्ने बस नेपालमा औपचारिक रूपमा भित्रिएको छ । रेस नेपालले पार्टी गर्न मिल्ने २ वटा बसको शुक्रबार उद्घाटन गरेको हो । पार्टी गर्न रुचाउनेलाई लक्षित गरी नेपालमा पनि फरक शैलीको पार्टी बस सञ्चालनमा आउने भएको हो ।

तर, नेपालको कमजोर सडकका कारण यस्ता बस कहाँ चलाउने भन्ने समस्या भने छ ।

३६ जना सिट क्षमताको उक्त बसभित्र म्युजिक सिस्टम छ, बस्नका लागि सोफा राखिएको छ, आकर्षक ढंगले सजाइएको बार पनि छ । बसभित्रै प्रोफेसनल हाइफाइ डीजे म्युजिक सिस्टम छ, स्मोकिङका लागि छुट्टै क्याबिन छ, पोल डान्सका लागि छुट्टै ठाउँ छ भने मोबाइल चार्ज गर्नका लागि पनि सेवा छ साथै बस पूरै वातानुकूलित हुनेछ ।

आगामी १ सातामा बस बालाजुस्थित भाटभटेनीबाट गुड्न सुरु हुनेछ भने विभिन्न ठाउँमा यात्रुलाई लिएर २ घण्टासम्म काठमाडौं सहर चहार्नेछ । जसका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । १ हजार रुपैयाँ तिरिसकेपछि तपाईंले बसभित्र प्रवेश पाउनु हुने कम्पनीका निर्देशक अशोक शर्माले जानकारी दिए ।

उनले भने, “३६ जनाको क्षमता रहेको बसमा पूर्ण रूपमा मनोरन्जन प्राप्त गर्ने सकिने छ ।”बसमा वाइफाई, डान्स फ्लोर, डिजे, बार, पेन्ट्री, एयर कन्डिसन, शौचालय,धूमपान क्षेत्रसहितका आधुकि सुविधा रहेको बसमा फ्रिज, माईक्रओवन समेत रहेको छ ।

स्तै, तपाईंले बसलाई विवाहको पार्टी, जन्ती जानका लागि, बर्थडे पार्टीलगायतका पार्टीका लागि समेत बुक गर्न सक्नुहुन्छ । जसका लागि कम्पनीले निश्चित शुल्क तोकेको छ । कम्पनीका अनुसार ३ घण्टाका लागि बुक गर्नका लागि ३५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले एयरपोर्टमा पिकअप र ड्रप सेवा समेत उपलब्ध गराएको छ ।

पार्टी बस सेवाले स्पेसल थिममा समेत पार्टी आयोजना गर्नेछ । जस्तै, हलोविन पार्टी, क्रिसमस पार्टी, फ्राइडे नाइट पार्टी, गल्र्स नाइट र न्यू इयर जस्ता विशेष थिममा पार्टी आयोजना गर्ने संचालनक रमेश काफ्लेले बताए । उनले भने, “करिब २ वर्षको आन्तरिक तयारीसहित आएको पार्टी बसले यात्रासँगै मनोरञ्जन लिन सकिनेछ ।”

नेपाल भ्रमण वर्षलाई लक्षित गरी त्यसलाई टेवा पु(याउने उद्देश्यले पार्टी बस सेवा सुरु गर्न लागिएको हो । नेपाली मात्रै होइन, विदेशी नागरिक जो रातिको समयमा काठमाडौं घुम्दै पार्टी गर्न चाहन्छन उनीहरूका लागि पनि लक्षित हुनेछ । रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपाल ९रेस नेपाल० करिब ७ करोडको लगानीमा २ बस सञ्चालनमा ल्याएको हो ।

प्रकाशित : २९ पुस २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह