Logo

Banner-news

निगमले ६५ करोडमा ‘गण्डकी’ बेच्यो, बोइङ युगको अन्त्य !


GDP Nepal
   २ माघ २०७६, बिहिबार


काठमाडौं । नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान ५.७१ मिलियन अमेरिकी डलर अर्थात नेपाली मूल्यअनुसार ६५ करोडमा बिक्री गर्ने भएको छ ।

निगम सञ्चालनक समितिको पुस ११ मा बसेको ३१ औं बैठकले वोइङ ७५७–२०० विमानको इन्जिन र रोपेवल कम्पोनेन्ट एन्ड टुल्स ५.७१ मिलियन अमेरिकी डलरमा बिक्री गर्ने निर्णय गरेको हो ।

बिक्री भएको बोइङ गण्डकी जहाज । तस्बिरः एभिएसन नेपाल

बोइङ खरिदका लागि ३ कम्पनीले प्रस्ताव गरेका थिए । निगमका अनुसार बोइङ खरिदका लागि पोल्यान्डको सीएसडीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इन्सले ५.७१ मिमियन डलर, अमेरिकी कम्पनीहरू एमके एभिएसनले ५.७० मिलयिन अमेरिकी डलर, एभियोन सिस्टम इन्सले ५.२५ मिलयिन अमेरिकी डलरमा खरिदका लागि प्रस्ताव गरेका थिए ।

निगम सञ्चालक समितिले सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा बढी खरिद प्रस्ताव गर्ने एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इन्सलाई जहाज बिक्री गर्ने निर्णय गरेको थियो । कम्पनीले कुल रकमको ५ प्रतिशत बैना रकमसमेत बुझाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए ।

विमानको मर्मत सम्भार गर्नका लागि धेरै रकम खर्च गर्नु परेको र विमान पुरानो हुँदै गएकाले विमानको सञ्चालन, इन्धन खर्च बढिरहेको पाइएपछि निगमले गण्डकी विमान वेच्ने निर्णय निगमले गरेको थियो ।

सन् १९८० मा तत्कालीन शाही समयमा अमेरिकन वोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरिएको थियो । विमानमा १ सय ९० सिट रहेको १६ बिजनेस क्लासका सिट छन् । निगमसँग हाल ४ विमानले अन्तर्राष्ट्रिय उडानमा गरिरहेका छन् ।

प्रकाशित : २ माघ २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह