Logo

Banner-news

नेपाल एयरलाइन्सको टिकट मोबाइल एपबाटै, ईसेवा र आईएमई पेबाट भुक्तानी !


GDP Nepal
   ७ माघ २०७६, मंगलबार


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट बुकिङ अब नेपाल एयरलाइन्सकै मोबाइल एपबाट सजिलै गर्न सकिने भएको छ ।

अहिले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनेर सेवा सुरु भइसकेको छ भने आइओएसबाट पनि केही सातामै यो सेवा सुरु हुने छ ।

अहिले अनलाइन बुकिङको लागि इसेवा र आइएमइ पेबाट भुक्तानी गर्न सकिन्छ । अन्तर्राष्ट्रिय उडानको टिकट पनि बुक र खरिद गर्न मिल्ने गरी काम अगाडि बढिररहेको निगमले जनाएको छ । यो सेवा केही साताभित्रै सुरु गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ ।

ुनेपाल एयरलाइन्सु नाम रहेको राष्ट्रिय ध्वजावाहकको आधिकारिक मोबाइल एपबाट उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना पनि नोटिफिकेशनमार्फत् प्राप्त गर्न सकिनेछ ।

ुसुरुमा घरेलु उडानका लागि टिकट खरिद र बुकिङ गर्न सकिने भए पनि केही सातामै अन्तर्राष्ट्रिय उडानका टिकेट बुकिङ, नेपालका प्रमुख होटल तथा उडानका गन्तव्यहरुको बारेमा जानकारी दिनेगरी मोबाइल एप्लिकेशनमा काम पनि भैरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ७ माघ २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह