Logo

Banner-news

हिमालय एयर आक्रामकः चीनको छोङछिङमा उडान, तीन जहाज खरिद गर्दै !


GDP Nepal
   १० माघ २०७६, शुक्रबार


काठमाडौं । राष्ट्रिय ध्वाजावाहक नेपाल वायु सेवा निगमले एकपछि अर्को समस्या बेहोरिइरहेका बेला नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयर भने बजार विस्तारमा आक्रामक देखिएको छ ।

अक्टोबरदेखि चीनको बेइजिङमा उडान सुरु गरेको हिमालयले काठमाडौं–छोङछिङ सीधा उडान सेवा सुरु गरेको छ । निकट भविष्यमा नाङचाङ र साङ्घाइ पहिलो चरणमा र त्यसपश्चात अलि र ल्हासामा कम्प्नीलेउडान विस्तार गर्दैछ ।

यतिमात्र नभइ हिमालयले यसै वर्ष तीनवटा ए–३१९ जहाज खरीद गर्ने योजना बनाएको छ र चीनबाहेक श्रीलंकाको कोलम्बो, यूएइको दुबईमा समेत उडान भर्ने योजना बनाइरहेको छ ।

एयरलाइन्सले हाल चीनका ५ वटा गन्तव्यसँगै हिमालयले अबुधाबी, दमाम, दोहा, ढाका, क्वाला लम्पुर, बेइजिङ, गुइयाडं, चाडं्सा, शेन्जेङ र छोडंछिड्मा उडान सेवा दिँदै आएको छ ।

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर हिमालयले बिहीबारदेखि छोङछिङ सहरमा उडान सुरु गरेको हो । नेपालबाट छोङछिङ सीधा उडान सेवा भर्ने हिमालय एअरलाइन्स नै पहिलो कम्पनी हो ।

सीधा हवाई सेवा सुरु भएसँगै आगामी दिनमा दुबै सहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने विश्वास लिइएको छ । हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा एयरलाइन्सको यो १० औं तथा चीनका सहरमा ५ औं गन्तव्यमा उडान भरेको हो ।

अक्टोबर २०१९ मा काडमाडौ—बेइजिङ उडान थालेपछि हिमालय एअरलाइन्सले चीनका अन्य सहरहरू गुयाङ, चाङ्सा र सेन्जेनमा उडान गरेको थियो । काठमाडौ—छोङछिङ सीधा उडानबाट ब्यापारिक भिषामा ओहोरदोहर गर्ने तथा छोटो समय घुम्न हिंड्ने पर्यटकका लागि नयाँ विकल्प प्रदान गरेको कम्पनीले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहमासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौ—छोङछिङ सीधा उडानको बिहीबार औपचारिक उद्घाटन गरे ।

प्रकाशित : १० माघ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह