Logo

कर्पोरेट-बजार

राजश्व लक्ष्य महत्वाकांक्षी भयो, औद्योगिक व्यवसाय ऐनको सुविधा खोसियो– परिसंघ


appharu
   १७ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । नेपाल उद्योग परिसंघले बजेटमा राखिएको राजस्वको लक्ष्य महत्वाकांक्षी रहेको जनाएको छ। ‘सरकारले प्रस्तुत गरेको १३ खर्ब १५ अर्ब १६ करोडको बजेटमा ८ खर्ब ३१ अर्ब राजस्व असुली गर्ने लक्ष्य महत्वाकांक्षी छ’परिसंद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

परिसंघले औद्योगिक व्यवसाय ऐनले दिएको सुविधालाई आर्थिक ऐनमा संबोधन नभएको जनाएको थियो । रोजगारी, पूर्वाधार विकास, पर्यटन, कृषिव्यवसायको प्रवद्र्धनको लागि नीतिगत सुधार गरी औद्योगिक लगानीको सुनिश्चितता प्रदान गर्ने, निर्यात प्रोत्साहन रकममा वृद्धि, ऊर्जा दशकको घोषणा गरिएकाे छ ।

उद्योग दर्ता र खारेजी सरलीकरण,जग्गाप्राप्तीमा सरलीकरण, उद्योगमा रोजगारी दिएवापत करमा छुट, प्राविधिक शिक्षामा इन्टर्नको लागि बजेट विनियोजन, सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रावधान सकारात्मक पक्ष रहेको परिसंघले जनाएको छ।

आगामी दुई वर्ष्भित्र चिनी, औषधी, फलामे डण्डी, सिमेन्ट लगायतका आधारभूत निर्माण सामाग्रीमा आत्मनिर्भर हुने बजेटमा समावेश हुनु सकारात्मक रहेको परिसंघले जनाएको छ।

प्रकाशित : १७ जेष्ठ २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह