Logo

Banner-news

टेलिकमले एक महिनाभित्रै ल्याउँदैछ आईपीटीभीः एउटै तारबाट फोन, इन्टरनेट र टिभी !


GDP Nepal
   १५ माघ २०७६, बुधबार


काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले एक महिनाभित्रै आईपीटीभीको परीक्षण गर्ने भएको छ । ल्यान्डलाइन फोनको एउटै तारबाट टेलिफोन, इन्टरनेट र टिभीसमेत चल्ने यो प्रविधि नेपालमा नौलो हो ।

टेलिकमले झन्डै १ दशकदेखि आईपीटीभी ल्याउने चर्चा रहे पनि बल्ल योजनाले मूर्त रुप पाएको हो । यसबाट उपभोक्ताको घरमा टेलिफोन, इन्टरनेट र केबल टेलिभिजनका लागि छुट्टाछुट्टै तार तान्नुपर्ने झन्झटको अन्त्य हुनेछ भने सहरी सौंदर्यमा पनि सरकारात्मक प्रभाव पार्नेछ ।

आईपीटीभी अर्थात इन्टरनेट प्रोटोकल टेलिभिजन सञ्चालनका लागि कम्पनीले भियतनामको सरकारी कम्पनी भीएनपीटीसँग सम्झौता गरिसकेको जनाएको छ । कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ल्याण्डलाइनलाई एफटीटीएचमा रूपान्तरण गरी एउटै सेवाबाट भ्वाइस, भिडियो र डेटा सेवा दिने काम अगाडि बढाइएको जानकारी दिए ।

“यतिवेला आईपीटीभीको काम तिव्र रूपमा अघि बढेको छ, बढीमा एक महिनाभित्र परीक्षण सुरु हुनेछ,” प्रवन्ध निर्देशक अधिकारी भन्छन्, “पीएसटीएनतर्फ घट्दै गएको क्रेजलाई एफएफटीटीएचमार्फत पुन फर्काउने कोसिसमा छौं ।”

कम्पनीले सञ्चालनमा ल्याउन लागेको आईपीटीभीअन्य टेलिभिजन जस्तै घरमा सेटअप बक्समार्फत प्रयोग गर्न सकिन्छ । तर, यसका लागि कम्पनीको टेलिफोन लाइन भने अनिवार्य हुनेछ । ग्राहकले हाई डेफिनेसन (एचडी) स्पोट्र्स, कार्टुन लगायतका दुई सयभन्दा धेरै च्यानल रहेनछन् । ग्राहकले आफ्नो इच्छाअनुसारका प्याकेज लिएर सोहीअनुसार महसुल तिर्न सक्नेछन् ।

कम्पनीले ल्याण्डलाइन ग्राहकका लागि आईपीटीभी र मोबाइल ग्राहकका लागि ओटीटीमार्फत टेलिभिजनको प्रयोग गर्नसक्ने सुविधा ल्याउँदै छ ।

प्रकाशित : १५ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह