Logo

Banner-news

तपाइँको जन्मदिन कहिले ? चन्द्रागिरिले दिँदैछ निशुल्क केबलकार टिकट !


GDP Nepal
   १५ माघ २०७६, बुधबार


काठमाडौं । तपाइँ आफ्नो जन्मदिनमा कहाँ जान चाहानुहुन्छ ? राजधानी नजिकैको नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरी जाँदै हुनुहुन्छ भने निशुल्क टिकटको सुविधा पाउन सक्नुहुन्छ ।
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरिएको छ ।

चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । यो योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रकाशित : १५ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह