काठमाडौं । विश्व दुध दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएसन, राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरुको सहकार्यमा “दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं” भन्ने मुल नाराका साथ दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक उपत्यकास्तरीय अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न भएको हो ।
कविता प्रतियोगितामा उपत्यकाका १८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ३६ जना विद्यार्थीहरुले दुध तथा दुग्धजन्य पदार्थको मौलिक उपयोगिता, यसका सामाजिक तथा आर्थिक पक्षलाई समेत कविता मार्फत उजगार गरेका थिए ।
अधिकाश विद्यार्थीहरुले आफ्नो कवितामा कृषि प्रधान देश र पशुपालन व्यवसायी नेपालीहरुको मौलिक पेशा व्यवसाय रहेकोमा हाल आएर कृषिमा बढदै गएको परनिर्भरताले वर्तमान देशको आर्थिक तथा वैदेशिक व्यापार घाटाको अवस्थालाई व्याङग्यात्मक रुपमा प्रस्तुत गरेका थिए । कवितामा कृषि तथा पशुपालन व्यवसवाय मात्रै नभएर मानव जीवनको एक अभिन्न अंग तथा मानव सभ्यताको एक महत्वपूर्ण हिस्सा समेत रहेको जाकिर गरेका थिए ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षयता एवं बागमती प्रदेश सभाका सदस्य जयराम थापाको प्रमुख अतिथ्यितामा सम्पन्न भएको थियो ।
कार्यक्रमका संयोजक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सञ्जेलले स्वागत मन्तव्यबाट प्रमुख अतिथि एवं अतिथिहरुलाई स्वागत गरेका थिए।
कार्य्रक्रममा कविता प्रतियोगिता आयोजना बारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसन विगत १२ वर्ष देखि निरन्तर दुघ तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यवासायिककरणमा क्रियाशिल रहेको र मौलिक उत्पादन मोहीको प्रवद्र्धन र सम्वद्र्धनमा लागि परेको कुरा बताउदैं प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुमा सदैव सकारात्मक सोचको आवश्यकता रहेकोले निरन्तर यस्ता कार्यक्रममा उपस्थित रही आफ्नो सृजनालाई निरन्तर परिष्कृत रुपमा अगाडी बढाउन आग्रह गरे ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य जयराम थापाले दुध पूर्ण पौष्टिक आहार भएकोले यसको सेवन सबैमा अनिवार्य बताए ।
“दुग्ध क्षेत्रले देशको अर्थतन्त्रमा समेत ठूलो टेवा पुर्याएको छ,” उनले भने ।
उनले बालबालिकाबीच दुध तथा दुग्धपदार्थको बारेमा जानकारी गराउदैं एसोसिएसनले विभित्र समयमा विभित्र गतिविधि गरेको खुशी व्यक्त गर्दै प्रदेश सरकार कृषि तथा पशुपन्छी सहित दुग्ध क्षेत्रको विकासका लागि सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका सदस्य डा. दिपेन्द्र श्रेष्ठले विद्यालयस्तरमा विद्यार्थीहरुलाई दुग्धजन्य पदार्थको उपयोग बारेमा सचेत गराई लैजान सकेमा आगामी दिनहरुमा यसको नीतिगत सुधार र कार्यक्रमगत सुधारका लागि सौहार्दपूर्ण वातावरण बन्ने कुरामा विश्वास व्यक्त गरे ।
साथै राज्य पक्षले कृषि तथा कृषिजन्य व्यापार व्यवसाय र पेशालाई व्यावसायिकरण गर्न जरुरी रहेको कुरा बताउदैं कविता प्रतियोगितामा प्रतिस्पर्धी सबै विद्यार्थीहरुमा आभार व्यक्त गर्दै विजेता विधार्थीहरुलाई शुभकामना व्यक्त गरे ।
कविता मार्फत कृषि तथा पशुपालन र दुग्धजन्य पदार्थका महत्वको बारेमा विद्यालयस्तरका विद्यार्थीहरुले अभिव्यक्त गरेका भावनाहरु अत्यन्तै प्रभावकारी रहेको र यसले आगामी दिनहरुमा नयाँ पिँढीलाई स्वस्थकर दुग्धजन्य पदार्थको प्रयोग र उपयोगितामा उल्लेखियनीय सकारात्मक प्रभाव पर्ने कुरा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र प्रसाद यादवले बताए ।
यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका उपसभापति राज कुमार कार्कीले भने, “यस कविता प्रतियोगिता कार्यक्रमले समग्र कृषि क्षेत्रमा नयाँ पिढीका विद्यार्थीहरुको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छ र कविता मार्फत दुध तथा दुग्धजन्य पदार्थका विषयमा रहेर व्यक्त गरेका सृजनाले आगामी दिनमा कृषि क्षेत्रको व्यवासायिकरण थप मजबुत रहने छ ।”
सो अवसरमा बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथिगढ लगायत प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक/शिक्षिक प्रतिनिधि र विद्यार्थीहरुमा हार्दिक आभार सहित धन्यवाद दिएका थिए ।
कविता प्रतियोगितामा सहभागी प्रतिस्पर्धी विद्यार्थी मध्ये इन्टरनेशनल जोसेफ पब्लिक स्कुलका छात्रा भावना बराल उत्कृष्ट प्रथम कविता वाचकको रुपमा विजयी भएकी थिइन् । प्रतियोगितामा क्रमश सेन्ट जर्ज विद्यालय का.मा.न.पा–५, विशालनगरका छात्र आर्यन शाही द्धितिय, युरेका हाई स्कुल, नेपालटारका छात्रा जेसिका थापा तृतीय र दिव्यज्ञान उच्च माध्यमिक विद्यालयका छात्रा सभ्यता कार्की र पिक प्याइन्ट एकेडेमी बु.न.पा–१३ का छात्रा प्रान्शु रावतले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा आयोजक एसोसिएसनले विजेतालाई नगद प्रमाणपत्र, शिल्ड, मेडल र दुध तथा दुग्धजन्य सामाग्री प्रदान गरेको थियो ।
नेपाल डेरी एसोसिएसनका सात वटै प्रदेश, २५ वटा जिल्लालाई केन्द्रले विभिन्न कार्यक्रम गरी विश्व दुध दिवस मनाउन निर्देशन समेत गरिसकेको कुरा एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए ।
त्यस्तै, कार्यक्रम संयोजक रमेश सञ्जेलले जेठ १६ गते शुक्रबार रोजमेरी आइडल स्कुल, तारकेश्वर–७ काठमाडौंमा करीब १००० हजार विद्यार्थीहरुलाई निशुल्क दुध सेवन गराउने कार्यक्रम रहेको जानकारी दिए ।
कविता प्रतियोगितमा नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ् कपन, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रिनियर्स, अप्टिमिष्ट क्लब अफ बुढानिलकण्ड, युनिप इन्टरनेशनल, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र, ब्रेन ल्याण्ड स्कुल, निजी विद्यालयहरुको साझा संगठन स्याट्, सौर्य सोसाईटस् फर च्यान्ज तथा नवप्रभात डेरी उद्योग, सिडिक्यान, डिआईए, पशुसेवा विभाग, बागमती प्रदेश दुग्ध विकास बोर्डको सहकार्यमा कार्यक्रम आयोजना गरिएको एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमलाले बताए ।
उक्त कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका सदस्य डा. दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका उपसभापति राज कुमार कार्की, कृषि उद्यम केन्द्रका सदस्य तथा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाई, नेपाल पाउरोटी संघका अध्यक्ष कमल अधिकारी, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेशका उपाध्यक्ष गोपाल तिमल्सिना र सचिव श्याम कुमार घिमिरे, नुवाकोटका अध्यक्ष दिपक ढुगांना, विभिन्न विद्यालयका प्रधानाध्यपक एवं प्रतिनिधि, एसोसिएसनका केन्द्रीय पदाधिकारी एवं सदस्य प्रतिनिधि लगायत सरोकारवाला संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया