Logo

अर्थनीति

विश्व मुद्रास्फीतिमा क्रमिक सुधार, अर्थतन्त्र २.८ प्रतिशतले बढ्ने


GDP नेपाल
   २७ असार २०८२, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइरहेको बताए । 

उनले भने,‘विश्वको आर्थिक वृद्धिदरमा क्रमिक सुधार देखिएतापनि पछिल्लो समय भू–राजनीति तनाब र कतिपय देशको कठोर व्यापार नीतिको कारण अनिश्चितता बढेको छ । तथापी विश्व मुद्रास्फीतिमा क्रमिक सुधार आइ कोभिडपूर्वको स्थितिमा पुग्न लागेको छ ।’

त्यस्तै उनले, सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको जानकारी गराए ।

उनका अनुसार विगत तीन वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गइरहेको छ भने २०२४ मा ५।७ प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् २०२५ मा ४.३ प्रतिशत मात्रै रहने कोषको प्रक्षेपण छ । 

उनले भने,‘सन् २०२४ मा ३/३ प्रतिशतले विस्तार भएको अर्थतन्त्र सन् २०२५ मा २.८ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण गरिएको छ । विगत तीन वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गइरहेको छ । २०२४ मा ५.७ प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् २०२५ मा ४.३ प्रतिशत मात्रै रहने कोषको प्रक्षपण गरेको छ ।’ 

विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरु समेत विस्तार भइ आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको राष्ट्र बैंकको दाबी छ ।

विदेशी पर्यटन आगमन निर्यातको बढोत्तरीले विदेशी विनिमय सञ्चीति बढेको गभर्नर पौडेलले जानकारी दिए । 

उनले भने,‘अर्थतन्त्र क्रमश लयमा फर्किन थालेको, मुद्रास्फीति बाञ्छित सिमाभित्र रहेको र विदेशी पर्यटन आगमन निर्यातको बढोत्तरीले विदेशी विनिमय संचिती बढेको छ । विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरु समेत विस्तार भइ आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ ।’  

प्रकाशित : २७ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह