काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर २२ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला २२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया