काठमाडौं । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
ठूलो पानी पार्ने प्रणाली केही कमजोर हुँदा देशका धेरै स्थानमा वर्षा भएको छैन । केही स्थानमा सामान्य वर्षा मात्रै भएको छ ।
मौसमविदहरुका अनुसार आज र भोलि ठूलो वर्षा हुने छैन ।
गएराति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ। वाग्मती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोकलगायत स्थानमा पनि वर्षा भइरहेको छ तर अगष्टको पहिलो साता भने ठूलै वर्षा हुने देखिएको छ ।
राति देशको पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।










प्रतिक्रिया