Logo

Uncategorized

हकप्रद र बोनसमा करः अर्थमन्त्रीको अराजकताको पराकाष्ठा


appharu
   २१ जेष्ठ २०७५, सोमबार


काठमाडौं । पुँजी बजारप्रति विगतदेखि नै अनुदार मानिँदै आएका अर्थमन्त्री डा. युवराज खतिवडाको पछिल्लो निर्णयले भने यस क्षेत्रलाई अहिलेसम्मकै ठूलो दुर्घटनातर्फ उन्मुख गराएको छ ।

सरकारले पछिल्लोपटक बोनस र हकप्रदको आधार मूल्यमा कर लाग्ने निर्देशन दिएको दिएको छ । सरकारी निर्देशनअनुसार बोनस र हकप्रद सेयरमा प्रतिकित्ता १ सय रुपैयाँ लागत मानी त्यसभन्दा बढीको बिक्रीमा पुँजीगत लाभकर लाग्नेछ ।

अर्थमन्त्रीको निर्देशनमा बनेको यो नियम कार्यान्वयनका लागि आन्तरिक राजस्व विभागले आइतबार परिपत्र जारी गरिसकेको छ । सरकारको यस्तो निर्णयले बजारका सानाठूला सबै लगानीकर्ता स्तब्ध र आश्चार्यचकित भएका छन् ।

लगानीकर्ताहरुका अनुसार सरकारको परिपत्र कार्यान्वयन हुने हो भने अब सेयर मूल्य घटेको अवस्थामा पनि पुँजीगत लाभकर लाग्नेछ । सिद्धान्ततः आफूले किनेभन्दा नाफा गरी बिक्री गर्दा आउने मार्जिनमा लाग्ने करलाई मात्र पुँजीगत लाभकर भनिन्छ । यो सेयर, घरजग्गालगायतका दलाल व्यवसायजन्य क्षेत्रमा लाग्ने गर्दछ ।

त्यसो त आगामी आर्थिक बर्षको बजेटबाट सेयर बजारमा ब्यक्तिगत लगानीकर्तालाई लगाइँदै आएको ५ प्रतिशत पुँजीगत लाभकर ५० प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याइएको छ ।

लगानीकर्ताले भने पुँजी बजार समाप्त पार्न अर्थमन्त्री खतिवडा सुनियोजित र पूर्वाग्रही रुपमा प्रस्तुत भएको भन्दै पछिल्ला निर्णयलाई अर्थमन्त्रीको अराजकताको पराकाष्ठाको संज्ञा दिएका छन् ।

सेयर लगानीकर्ताहरुको संस्था इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले अर्थमन्त्रीको मनोमानी विरुद्ध संघर्ष सुरु गरिसकेका छन् । उनीहरुलाई पूर्वअर्थमन्त्री डा. रामशरण महतसहित निजी क्षेत्रका व्यवसायीहरुले साथ र समर्थन दिएका छन् ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह