Logo

विकास / पूर्वाधार

बाजुराको बुढिनन्दामा बन्ने २५ शैंया अस्पताल निर्माणका लागी सरोकारवालासंग छलफल


GDP नेपाल
   १४ कार्तिक २०८२, बिहिबार


बाजुरा । बुढीनन्दा नगरपालिकामा जिईआई यूएसएको आर्थिक सहयोगमा बन्ने २५ शैंयाको अस्पताल निर्माणको लागी सरोकारवाला संग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

बाजुराको पुर्वि उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह छिमेकी जिल्ला हुम्ला,मुटु कालिकोट गरि १७ बढि स्थानीय तहका सरोकारवाला निकाय संग २५ शैंया अस्पताल निर्माणको लागी बुधबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

२५ शैंयाको अस्पताल निर्माण त्यस्तै बुढिनन्दा नगरपालिका ९ मा रहेको सिद्धेश्वरि आबासीय विद्यालयको १६ कोठे भवन र क्यानटीन निर्माण गरिरहेको कधष्तशभचबिलम को संस्था ल्भ्ँब् को टिम संग महत्त्वपूर्ण भेटघाट तथा छलफल कार्यक्रम गरिएको बुढिनन्दा नगरपालिकाले जनाएको छ।

बुढिनन्दा नगरपालिकाको पहलमा कोल्टीमा २५ शैंया अस्पताल बनाउन लागिएको हो । नगर प्रमुख जनक कुमार बोहराको समन्वयमा अन्तराष्ट्रिय संस्था जिईआई यूएसएको सहयोगमा अस्पताल निर्माणका लागि १ बर्ष अघि समझदारी पत्रमा हस्ताक्षर भएर काम अगाडी बढेको थियो।

बुढिनन्दा नगरपालिकाले १५ शैंयाको कोल्टी अस्पताललाई २५ शैंयाको अस्पताल बनाउन लागेको हो ।छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढिनन्दाका नगर प्रमुख जनक कुमार बोहराले अस्पताल निर्माण कार्यलाई महत्त्वपूर्ण उपलब्धिका रुपमा लिएको बताए ।

कुन्ना क्षेत्रका नागरिक,छिमेकी जिल्ला लगायत १७ बढि स्थानीय तहका नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यस्तो कार्यको थालनी गरिएको नगर प्रमुख बोहराको भनाइ छ। साथै अस्पताल निर्माणले दुर्गमका गरिव तथा असहाय नागरिकहरुलाई ठुलो राहत मिल्ने बोहराले बताए ।
२०८० चैत्रमा कोल्टी अस्पतालको नामाकरण गरिए संगै अस्पतालका आधारभुत सेवाहरु प्रभावकारी बनाउदै लगिएको छ । कुन्ना र कर्णाली क्षेत्रको स्वास्थ्य समस्या समाधानका लागी अस्पताल निर्माण कार्य निकै महत्त्वपूर्ण र उपलब्धिमुलक देखिने भएको छ।अस्पताल निर्माण पछि जटिल खालका विरामीलाई जिल्ला वाहिर पठाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ।

१५ शैयाको कोल्टी आधारभूत अस्पतालले अहिले कुन्ना क्षेत्रका ४ वटा पालिका र कर्णाली क्षेत्रका १७ स्थानीय तहका करिब ३ लाख जनसंख्यालाई सेवा दिइरहेको छ । भौगोलिक विकटतामा रुमलिएको बाजुरा त्यसैमा दुर्गम कुन्ना क्षेत्रमा सुत्केरीले बाटोमै बच्चा जन्माउने समस्या अस्पताल निर्माण पछि हुने र सहज सेवा पाईने यहाँका स्थानियको अपेक्षा छ ।

बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सञ्चालन भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहयोगी संस्थाका बोनहार्ट प्रतिनिधी मण्डलको टिम,स्वामिकर्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया,कालिकोट पलाँता गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर रोकाया,बुढिनन्दाका उप–प्रमुख राम बहादुर बोहरा, खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा नि।प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न १७ वटा पालिका का प्रमुख तथा प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो।

प्रकाशित : १४ कार्तिक २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह