काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पवन कुमार आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले आगामी माघ १२ गतेदेखि लागु हुने गरी आचार्यलाई सिईओमा नियुक्त गरेको हो ।
सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत आचार्यसँग बैंकिङ्ग क्षेत्रमा २१ वर्ष लामो अनुभव रहेको छ । हाल उनले सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुका रुपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ ।
साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा संचालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् । यसबाहेक उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ । आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र MNIT, Jaipur मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।










प्रतिक्रिया