काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) महिला उद्यमी विकास समितिको आयोजनामा स्तन तथा पाठेघर क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।
महिला उद्यमी विकास समितिसहित नेपाल फर्निचर तथा फर्निसिङ महासंघ र लायन्स क्लब अफ काठमाडौँ सेन्ट्रलको संयुक्त आयोजनामा स्तन तथा पाठेघर क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको हो ।
नेपाल क्यान्सर अस्पतालको समेत सहयोगमा सम्पन्न भएको उक्त शिविरमा १५० जना महिलाहरूले सेवा लिएका छन्। सो अवसरमा महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले कार्यक्रम सफल पार्न सहयोग गरेका सम्पूर्ण संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले क्यान्सर र जनस्वास्थ्य चेतनामा सहयोग पुग्ने बताइन् ।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरत आचार्य र २० भन्दा बढी केन्द्रिय सदस्य तथा वस्तुगत अध्यक्षहरुको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया