Logo

बिजनेस होम

काठमाडौंमा चिसो बढ्यो: दिउँसो कोसी, मधेस र वागमती प्रदेशमा आंशिक बदली


gdpnepal
   १२ मंसिर २०८२, बिहिबार


काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली हुनेछ । केही स्थानमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

राति कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ । 

यता, काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहँदा बिहीबार बिहानको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ । 

 

प्रकाशित : १२ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह