काठमाडौँ । नेपाल भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालका लागि भियतनामका महावाणिज्य दूत राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै अवैतनिक वाणिज्यदूत श्रेष्ठले नेपाल र भियतनाम बिचको द्धिपक्षिय सम्बन्ध विस्तारसँगै व्यवसायीक क्षेत्रमा व्यापार आदनप्रदान गर्ने उद्धेश्यले यस चेम्बरको गठन भएको बताए । उनले चेम्बर गठन भएको १४ वर्ष पुग्दा नेपाल र भियतनामबीच कुटनितिक एवं व्यवसायीक सम्बन्धमा नयाँ आयाम सृजना गर्न सफल भएको बताए ।
श्रेष्ठले नेपाल र भियतनामबीच व्यवसायीक कारोबारलाई अझ उन्नत ढंगबाट विकसित गराउनु आजको आवश्यकता रहेको बताउँदै चेम्बर गठनमा आफूहरुले भोगेका तितामिठा अनुभव साटासाट गरे ।
कार्यक्रममा नेपाल भियतनाम चेम्रबर अफ कमर्शका निवर्तमान अध्यक्ष दिपक कुमार मलहोत्राले आन्तरीक एवं बाह्य घटना र कोभिड महामारीकाबीच आफूले अध्यक्ष पद प्राप्त गर्दा थुप्रै समस्या र चुनौती आएपनि त्यसलाई सहजताका साथ समाधान गरेको र नेपाल भियतनामबीचको सम्बन्धलाई प्रगााढ बनाउन आफूले महत्वपूर्ण भूमीका निर्वाह गरेको बताए ।

आगामी दिनमा चेम्बरले आफ्ना सदस्य साथिहरुलाई भियतनामको भ्रमण, अध्ययन, अवलोकन सहित त्यहाँका उद्योग प्रतिष्ठान घुमाउने र व्यवसायीक लगानीसँगै वस्तु आयात एवं निर्यातमा महत्वपूर्ण भूमीका निर्वाह समेत गर्नुपर्नेमा उनले जोड दिए ।
निर्वतमान अध्यक्ष मलहोत्राले गरिखाने वातावरणको सुनिश्चितता, उद्योग व्यवसायको संरक्षण र उद्यमीलाई सम्मानको आवश्यकता रहेकोले उद्योगी व्यवसायीलाई हेर्न दृष्टिमा परिवर्तन हुनुपर्ने बताए । उनले उद्योग व्यापार बिनाको राज्य परिकल्पना समत गर्न नसकिने भन्दै करदातालाई सम्मान र संरक्षण गर्न सबैलाई अपिल गरे ।
त्यस्तै, साधारण सभाले सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमीति चयन गरेको छ । जसमा निवर्तमान अध्यक्ष दिपककुमार मलहोत्रा , वरिष्ठ उपाध्यक्षमा उर्मीला श्रेष्ठ, उपाध्यक्षहरुमा सुरेशमान श्रेष्ठ, गोपालदास मानन्धर, महासचिवमा नवीन सारु (डोल बहादुर थापा) रहेका छन् भने सचिवद्वयमा पहलमान गुरुङ र प्रकाश (राम) श्रेष्ठ रहेका छन् ।

यस्तै, कोषाध्यक्षमा स्वाति घोरीवाल रहेकी छन् । सदस्यहरुमा क्रमशः मनिशलाल प्रधान, सुशील स्थापित, दिपक महर्जन, संजीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मि पन्त, कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयूश बहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युत बहादुर हाडा, सक्षम घिमिरे र सर्वोत्तम लाल श्रेष्ठ रहेका छन् । साथै, चेम्बरको सल्लाहकारमा डा. सरोज अधिकारी, चेम्बरको संरक्षकमा संस्थापक अध्यक्ष एवं अवैतनिक वाणिज्य दूत, डा. राजेशकाजी श्रेष्ठ रहेको नेपाल भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजले जनाएको छ ।










प्रतिक्रिया