काठमाडौं । एनसेलको सेल्फ-सर्भिस मोबाइल एप ‘एनसेल एप’ १ करोडभन्दा बढी पटक डाउनलोड भएको कम्पनीले जनाएको छ ।
एनसेल एपबाट ब्यालेन्स रिचार्ज, प्याक खरीद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, गेम तथा अन्य डिजिटल सेवा एकै स्थानबाट उपयोग गर्न सकिने भएकाले यसको प्रयोगकर्ता संख्या तीव्ररूपमा बढेको एनसेलले बताएको छ ।
१ करोड डाउनलोड नाघेको अवसरमा एनसेलले १० दिने उत्सव कार्यक्रम शुरू गरेको छ । यस अवधिमा हरेक दिन १० जना ग्राहकले १० दिन प्रयोग गर्न मिल्ने १० जीबी अल–टाइम डाटा पाउनेछन् । पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै न कुनै प्याक खरीद गर्ने ग्राहकहरू १० जीबी डेटा जित्न योग्य हुने एनसेलले जनाएको छ ।
एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिभेन रोड्रिगेजले एपले ग्राहकको डिजिटल दैनिकी सहज बनाएको बताए ।
१ करोडभन्दा बढी ग्राहक जोडिनु एपप्रतिको विश्वास र एनसेलको डिजिटल सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको उनको भनाइ छ ।
एनसेल एप सहज नेभिगेसन, सेवा व्यवस्थापन र आवश्यक प्याक छान्न भरपर्दो उपकरणका रूपमा विकसित गरिएको छ । विदेशमा रहेका ग्राहकले पनि रोमिङमा बसेर रिचार्ज, प्याक खरिद र एनसेल सिमसम्बन्धी सेवा चलाउन सक्ने भएकाले एप उपयोगी साबित भएको कम्पनीले जनाएको छ। एनसेल एपगुगल प्ले स्टोर र एप्पल एप स्टोरमार्फत डाउनलोड गर्न सकिने कम्पनीले बताएको छ ।










प्रतिक्रिया