काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ । निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट दिने घोषणा गरेको छ।
ग्राहकहरूले मुलुकभरका १५० शाखामा उपलब्ध विभिन्न आकारका लकर सेवा प्रयोग गरेर आफ्नो महत्वपूर्ण सामान सुरक्षित राख्न सक्नेछन्। बैंकका अनुसार यस छुट सुविधाले ग्राहकहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज र सहुलियत प्रदान गर्ने विश्वास गरिएको छ।
लकर सेवाबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा फोन गरेर जानकारी लिन सक्नेछन्। फोन नम्बरहरूस् १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१।










प्रतिक्रिया