काठमाडौँ । फोर्ब्सले जारी गरेको ‘३० वर्षमुनिका ३० प्रभावशाली’ युवाको सूचीमा नेपाली मूलका अजर राजभण्डारी परेका छन् । राजभण्डारी २० हजार सहभागीहरुमध्ये छनोट भई अन्डर ३० को सूचीमा पर्न सफल भएका हुन् ।
२५ वर्षीय राजभण्डारीले आफ्नो कम्पनी हर्ड मार्फत अमेजन, वालमार्ट, टार्गेट र अन्य प्रमुख ब्रान्डहरूको पोर्टफोलियो सञ्चालन गर्दै आएका छन् । एक वर्षभन्दा बढी समयमा हर्डले १५ मिलियन डलरको राजस्व बढाएको छ भने यस कम्पनीले पाँच-तारे समीक्षा कमाउनुका साथै लाखौं ग्राहकहरूको मन जित्न सफल भएको छ ।
यस कम्पनी मातहतमा इलेक्ट्रोनिक्स बिक्रेता, मिनी माइक प्रो र सौन्दर्य बिक्रेता ट्रान्सेन्ड गरी तीन ब्रान्डहरू सञ्चालनमा छन् ।
राजभण्डारीका अनुसार कम्पनीले यस वर्ष इलेक्ट्रिक डग कलरदेखि कार एडेप्टरसम्म गरी नयाँ पाँच ब्रान्ड विस्तार गर्ने योजना बनाएको छ ।
“मिनी माइक प्रो लगातार अमेजन बेस्ट सेलर माइक हो, जसले लोजिटेक, रोडे र डीजेआईका उत्पादनहरूलाई उछिन्दै छ” उनले भने ।










प्रतिक्रिया