काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१(८२ को मुनाफाबाट शेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ। नबिल बैंक नेपालको एक अग्रणी बैंक हो ।
नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रूपमा काम गर्दै आएको छ ।










प्रतिक्रिया