Logo

बिजनेस होम

तामाकोशी गाउँपालिका राष्ट्रपति रनिङ्ग शिल्डमा खिम्ति प्रोजेक्ट स्कुल पहिलो


gdpnepal
   २३ मंसिर २०८२, सोमबार


झूले (दोलखा) । तामाकोशी गाउँपालिकाद्घारा आयोजित सातौं अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड २०८२ प्रतियोगिता सम्पन्न भएको छ ।

श्री अमर मा.वि.र श्री जनप्रभात मा.बि.को संयुक्त ब्यवस्थापनमा मंसिर १७ देखि २० सम्म संचालित उक्त खेलकुद प्रतियोगितामा छात्र र छात्रा छुट्टाछुट्टै गरि २७ स्वर्ण, २७ रजत र ३१ कास्यका लागी ट्रयाक एण्ड फिल्डका २७ वटा इभेन्टमा प्रतिस्पर्धा भएको थियो ।

तामाकोशी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरुमात्रै प्रतियोगि रहेको यो खेलकुद प्रतियोगितामा पहिलोपटक यो वर्ष देखि छात्र र छात्रा दूवैकोलागी कवर्दी खेललाई पनि समावेश गरिएको हुँदा प्रतियोगिता थप रोचक बनेको थियो । एक दिन बढी लम्बिएको प्रतियोगिताको हिजो अन्तिम दिन रात्री अवेरसम्म पुरस्कार वितरण सहितको समापन समारोहको आयोजना गरि पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा खिम्ति प्रोजेक्ट स्कुलले ६ स्वर्ण ४ रजत र १ काश्य पदक सहित प्रथम भई यो बर्षको रनिङ्गशिल्ड उचाल्न सफल भएको छ ।

तामाकोशी गाउँपालिका अध्य मात्रै नभएर जिल्ला र राष्ट्रिय तहमा नै राम्रा खेलाडीहरु उत्पादन गर्न सक्षम स्थान भनेर कहलिएको झूले खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिको रुपमा उपस्थित बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गरेका थिए ।

विशिष्ट अतिथिको रुपमा तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप के.सी.र उपाध्यक्ष सृजना सुवेदीको उपस्थिति थियो । प्रमुख अतिथि माननीय कुन्दनराज काफ्लेकै पहलमा यहि आर्थिक वर्ष २०८२÷०८३ मा बागमती प्रदेश सरकारबाट २ करोड १६ लाख विनियोजन भएको “भिमबहादुर तामाङ्ग स्मृति खेलमैदान” को रुपमा प्यारापिट सहित विस्तार गर्न लागिएको सोहि खेल मैदानमा प्रतियोगिताका सम्पूर्ण खेलहरु खेलाइएको थियो ।

तामाकोशी गाउँपालिकाको आयोजनामा भएको यस राष्ट्रपति रनिङ्गशिल्ड– २०८२ को पुरस्कार एवम् प्रमाण–पत्र वितरण लगाएतका औपचारिक समारोहको कार्यक्रम श्री अमर माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमालय कार्कीको सभापतित्वमा तामाकोशी गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यता र उपाध्यक्ष सृजना सुवेदी लागायत अन्य प्रतिष्ठित ब्यक्तिहरुको आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

प्रकाशित : २३ मंसिर २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह