Logo

कर्पोरेट-बजार

स्वदेशी उत्पादन प्रवर्द्धनका लागी बृहत ‘स्वदेशी बजार २०२५’ हुँदै


GDP नेपाल
   २५ मंसिर २०८२, बुधबार


काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल –स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्दैछ।

आगामी २७ मंसिर गते शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने सो एकदिने प्रदर्शनीले “नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान” भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्याउने उद्देश्य लिएको छ।

साना, मझौला तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रर्दशनीमा तीन हजार भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रर्दशनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवा सम्बन्धि उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माण सम्बन्धी उद्योगसहित करिब ४०–५० उद्योग तथा उद्यम सहभागी हुने छन्। यसमार्फत सहभागी उद्योगहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिकरूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष रूपमा संवाद एवं अन्तरक्रिया गर्ने, तथा सम्भावित खरीदकर्ता, वितरक, व्यवसायिक साझेदार र सरोकारवालाहरुसँग नेटवर्क विस्तारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी बजार २०२५ ले नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने तथा स्वदेशी उत्पादनको उपभोग प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारले स्वदेशी उत्पादन तथा उद्योगको प्रर्वद्धन गर्ने निति लिएसँगै यो स्वदेशी बजार २०२५ ले नेपाली उद्योगीको मनोबल बढाउने विश्वास लिएको छ ।

प्रकाशित : २५ मंसिर २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह