Logo

राजनीति

कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समिति अध्यक्ष बैजहरि भट्टराई मृत फेला


gdpnepal
   २६ मंसिर २०८२, बिहिबार


काठमाडौं । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समिति अध्यक्ष बैजहरि भट्टराई (बैजु) मृत फेला परेका छन् ।

समाजसेवी तथा महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भट्टराई शंखमूलस्थित बागमती नदीमा मृत फेला परेका हुन् ।

ललितपुरस्थित यल पार्टी प्यालेसमा भोज खाएर फर्किएका भट्टराईको शव बागमती नदी किनारमा भेटिएको हो ।

स्व. भट्टराई ५२ वर्षका थिए । उनले मदिरा सेवन गरेको र अनियन्त्रित हुँदा खोलामा डुबेको प्रहरीको आशंका छ ।

व्यवसाय र समाजसेवामा सक्रिय उनी पञ्चशील सहकारीका ऋृण अधिकृत पनि थिए ।

 

प्रकाशित : २६ मंसिर २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह