Logo

कर्पोरेट-बजार

नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व



GDP नेपाल
   ६ पुस २०८२, आइतबार


काठमाडौं। नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए ।
निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक साउदका अनुसार संघको उपाध्यक्ष पदमा दिपक अधिकारी र प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी महासचिवमा इन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन्।


निवर्तमान अध्यक्ष सुरेश वाँनियाले २५ सदस्यीय कार्यसमिति पूर्णरुपमा निर्विरोध चयन भएको जानकारी दिए। निर्वाचित कार्यसमितिको कार्यावधि दुई वर्षको हुने बानियाँले बताए ।

प्रकाशित : ६ पुस २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह