महालक्ष्मी विकास बैंकले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ । बैंकका अनुसार नेपाली बजारमा सुन तथा चाँदीप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गइरहेको छ ।
साथै, सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीका रूपमा पनि प्रयोग गर्न सकिने विकल्प बनेको छ । यही अवस्थालाई मध्यनजर गर्दै विशेष सुविधासहित सुनचाँदी धितो कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
यो योजनामा कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापन हुने बताइएको छ । यसअन्तर्गत ग्राहकले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्नेछन् ।
कुनै पनि आधिकारिक बिक्रेताबाट सुनचाँदी खरिद गर्नसमेत बैकले कर्जा प्रदान गर्नेछ । यो योजनाअन्तर्गत कर्जाको अधिकतम सीमा ५० लाख हुने बैंकले जनाएको छ । यो सेवा बैंकका न्युरोड, महाराजगन्ज, हेटौँडा, भैरहवा तथा न्युरोड (पोखरा) शाखामार्फत प्रदान गरिनेछ । सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालयमार्फत पेस गर्न सकिनेछ ।










प्रतिक्रिया