Logo

कर्पोरेट-बजार

राजनीतिक लक्ष्य प्राप्तीका लागि सरकारले ठेक्का तोड्दैछ: अध्यक्ष सिंह


GDP नेपाल
   २१ पुस २०८२, सोमबार


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक लक्ष्य प्राप्तीका लागिमात्र सरकारले ठेक्का तोडेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार महासंघ सेजनले आयोजना गरेको पूर्वाधार आयोजना ठेक्का तोडिनुको कारण र प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उर्जामन्त्री कुलमान घिसिङले राजनीतिक लक्ष्य प्राप्तीका लागि ठेक्का जसरीपनि तोड्ने अभिव्यक्ति दिएको आरोप लगाए ।

उनले भने,‘कुनै निर्माण कम्पनीले काम गर्न सकेन, असक्षम भयो भने ठेक्का अन्त्य हुनुपर्छ । तर ठेक्का अन्त्य गर्दैगर्दा न्यायोचित हुनुपर्छ । कतिपय ठेक्काहरु सम्पन्न गर्न भन्दापनि प्रभावित गर्न निकालिएको हुन्छ । राजनीतिक नेतृत्वले आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई आकर्षित गर्नको लागि ठेक्काहरु निकाल्ने प्रवृत्ति छ । जुन प्रवृत्ति मौलाउने बहुवर्षिय योजनाहरुमा न्यून रकम राखेर ठेक्का निकाल्ने प्रवृत्तले हो । अहिलेका मन्त्रीज्यूले जेसुकै होस् म ठेक्का अन्त्य गर्छु भन्नुहुन्छ । एक सय दिन नाघिसकेको सरकार छ । यसको मूल उद्देश्य राजनीतिक लक्ष्य प्राप्ती मात्र हो ।’

त्यस्तै उनले निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले निकास निस्कने अवस्था सृजना नहुने धारणा राखे । मन्त्रीलाई नचिन्ने प्रोजेक्टले निर्माण कम्पनीको प्रतिनिधि सञ्चालकलाई विभिन्न गाली गलौज गरेर आफूलाई प्रचार गरिएको उनको भनाई छ ।

‘उहाँ उपसभापतिको पद सम्हालेर बस्नुभएको छ । पार्टीको नेतृत्वविहीन सरकार, जेनजीको नेतृत्व गर्ने सरकारले कसरी आफ्नै पार्टीको प्रचार गर्ने र हरेक साइडमा गएर मन्त्रीलाई नचिन्ने प्रोजेक्टले निर्माण कम्पनीको प्रतिनिधि सञ्चालकलाई विभिन्न गाली गलौज गर्ने र धर्तीमा पनि रहन पाउँदैन् भन्ने अभिव्यक्ति दिएर आफूलाई प्रचार गर्नुभएको छ । निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले निकास निस्कने अवस्था सृजना हुँदैन’उनले भने ।

विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको विभिन्न क्षेत्रमा असर परेको मन्त्री घिसिङले रुग्ण ठेक्काहरु तोड्ने प्रतिक्रिया दिएका थिए ।

 

प्रकाशित : २१ पुस २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह