Logo

कर्पोरेट-बजार

प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   २३ पुस २०८२, बुधबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।

मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २३ पुस २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह