काठमाडौं । नेपाल निर्यात परिषदको अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित भएका छन् । परिषदको २८औँ वार्षिक साधारण सभाले डा. थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठ, प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल चयन भएका छन् ।
त्यस्तै, महासचिवमा वसन्त राज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सह–कोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन्। सदस्यहरूमा प्रेमराज नराल, सरस्वती सेढाई त्रिपाठी, प्रविन मान श्रेष्ठ, अमिर बगाले, रामकुमार थपलिया, राम कृष्ण भट्टराई र अनन्त गुप्ता निर्वाचित भएका छन्।










प्रतिक्रिया