काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला २ हजार सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो। बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया