Logo

कर्पोरेट-बजार

सुन प्रतितोला ४ हजार १ सयले बढ्यो


GDP नेपाल
   २८ पुस २०८२, सोमबार


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो ।

आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो ।


यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम थियो ।

प्रकाशित : २८ पुस २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह