Logo

कर्पोरेट-बजार

नेपाल–इटाली चेम्बर अफ कमर्सको साधारण सभा सम्पन्न


GDP नेपाल
   २८ पुस २०८२, सोमबार


काठमाडौँ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (एनआईसीसीआई) को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।

सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पुर्‍याउँदै आएको सहयोगको महत्व उल्लेख गरे । वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि संजय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । जसले उनको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि एनआईसीसीआईका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा एनआईसीसीआईको भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए । 

कार्यक्रमका क्रममा भिनोद सग्तानीलाई ‘Member of the Year 2025’ को सम्मान प्रदान गरियो भने कल्याण सिलवाललाई ‘NICCI CSR Community 2025 Award’ प्रदान गरियो । नेपाल र इटालीबीच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजिकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो ।

प्रकाशित : २८ पुस २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह